श्रद्धान्जली तथा राहत वितरण

295

श्रद्धान्जली तथा राहत वितरण

देवदह, ४ असोज । देवदह बचत तथा ऋण सहकारी संस्था देवदह ८ रुपन्देहीमा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका सेयर सदस्य स्व. चुरामणी पराजुली शर्माको १२ औं दिनको पुण्य तिथिमा श्रद्धान्जली तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा  संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वर्गिय पराजुलीकी पत्नी माया पराजुली लाई राहत स्वरुप १५ हजारको चेक हस्तान्त्रण गर्नुभएको थियो ।

संस्थाका सचिव हरि प्रसाद ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋषिराम सापकोटा, सचिव हरि प्रसाद ढुङ्गाना, कोषाध्यक्ष विष्णुु प्रसाद पौडल, सल्लाहकार डिल्लीराज मरासीनी, संचालक सदस्य रमेश चन्द्र रेग्मी, विद्यालक्ष्मी गुरुङ, खैराज शर्मा, ऋण उप– समिति सदस्य विष्णु प्रसाद भट्टराई, युवा परिचालन उप–समिति सदस्य हरि भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा संस्थाले सेयर सदस्य स्व. ठाकुर प्रसाद पाण्डेको ९ औं दिनको पुण्य तिथिमा पनि श्रद्धान्जली तथा राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा  संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वर्गिय पाण्डेको छोरीलाई राहत स्वरुप १५ हजारको चेक हस्तान्त्रण गरिएको बताइएको छ ।

व्यवस्थापक बुद्धि सागर अर्यालको संचालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।