कात्तिकमा तिहार महोत्सव

1.3K

कात्तिकमा तिहार महोत्सव

tt

बुटवल, ४ असोज । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवल शाखाको आयोजनामा आगामी कात्तिक ४ गतेदेखि १५ गते सम्म बुटवलमा तिहार महोत्सव राष्ट्रिय औद्योगिक कृर्षि पर्यटन महोत्सव गर्ने भएको छ ।

आज बुटवलमा पत्रकार भेटघाट गरि मेलाको विषयमा आयोजकले जानकारी दिएका छन् । मेलामा तिहार लक्षित समाग्रिहरुका साथै विभिन्न खालका नयां कार्यक्रमहरु समेत समावेश गरिने जानकारी पनि दिइएको छ । संस्थाका अध्यक्ष खेम श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य खिमनारायण पराजुलीले मेलाललाई नमुना मेला बनाउने दावी गर्दै सहयोग गर्न सबैसंग आग्ह गरेका छन् ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर वहादुर केसीले बुटवलमा सबै खालका मेला महोतसवहरुमा सर्बसाधारणहरुको रुची रहेको भन्दै त्यसका लागि संचार क्षेत्रबाट सहयोग रहेको बताउनु भयो । यस अघि मेलालाई कसरी सफल बनाउन सकिन्छ र कसरी अगाडि लैजादा उपयुक्त होला भन्ने विषयमा राजनीतिक दलहरुसंग पनि आयोजकले छलफल गरेका छन् ।

सो छलफलमा बोल्दै नेकपा माओवादी केन्द्रंका रुपन्देही सहइन्चार्ज अनुप बरालले मेलामा स्थानीय उत्पादनको प्रर्वद्धन र विक्रिलाई विशेष प्राथमिकता दिनुपवर्ने बताउनुभयो । नयाँ शक्ति नेपालका रुपन्देही जिल्ला संयोजक देवेन्द्र पाण्डेले मेलालाई नाफामुलक मात्रै नबनाई स्थानीय उत्पादनलाई पर्वद्धन गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बुटवल नगरसचिव ज्योती भण्डारीले  मेलालाई राजनीतीबाट टाढै राखेर सबै उद्योगी व्यवसायीको साझा थलो बनाउनुपर्ने जोड दिनुभयो । नेकपा एमाले बुटवल नगर अध्यक्ष ज्ञानप्रसाद अर्यालले अन्य संगठनका व्यवसायीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । नेकपा माओवादी विप्लव समूहका  नगर इन्चार्ज  अमर आर सीले आफ्नो पार्टीको तर्फबाट पनि सहयोग रहने बताउनुभयो ।

सोअवसरमाराष्ट्रिय जनमोर्चाका तान बहादुर खत्री, नेकपा माओवादी क्रान्तिकारीका विनोद मरासीनी, अखण्ड नेपाल पार्टीका खेम नारायण रायमाझी लगायतले बोल्दै मेलालाई सबैको साझा बनाउन सुझाव दिनु भएको थियो ।