पाल्पा, ४ असोज । वर्षाका कारण पहिरो खस्दा झण्डै तीन महिनादेखि अबरुद्ध रहेको राम्दी रामपुर–डेढगाउँसम्मको सडकखण्ड आजबाट खुलेको छ ।
कालिगण्डकी लोकमार्गअन्र्तगत पर्ने सो बाटो आजबाट खुलेपछि स्थानीयवासीको आवागमन सहज बनेको हो । लोकमार्गअन्र्तगत राम्दीदेखि स्याउलीबजार हुँदै डेढगाउँसम्मको बाटो कालीगण्डकी लोकमार्ग आयोजनाले डोजर लगाई खुलाएको इन्जिनियर यादवप्रकाश लामिछानेले बताउनुभयो ।
कालिगण्डकी लोकमार्गमा लामो समयसम्म बाटो बन्द हुँदा यहाँका बाकामलाङ, रकुवा, रुचाङ, डेढगाउँ, बुलिङटारलगायतका स्थानीयवासी दैनिक उपभोग्य सामाग्रीको अभाव, चर्को मूल्यवृद्धि र आवतजावतमा समस्या भोग्दै आएको डेढगाउँका वीरबहादुर बिसीले बताउनुभयो ।