असोज ८ गते बुटवलमा अधिवेशन
बुटवल, ५ असोज । नेपाल मगर संघ रुपन्देहीले आर्थिक समृद्धीको प्रस्ताव अगाडि सारेको छ । यही असोज ८ गते बुटवलमा हुने संघको २० औं अधिवेशनको लागि सात बुंदे संकल्प प्रस्ताव अगाडी सारिएको हो ।
संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी मगर समुदायको आय/आर्जनको पाटोलाई बलियो बनाउने प्रस्ताव सार्वजनिक गरेको छ । संघको असोज ८, ९ र १० गते बुटवलमा हुने अधिवेशनमा संकल्प प्रस्तावको वारेमा छलफल हुने संघका केन्द्रीय भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टाले जानकारी गराउनुभयो । उहांले दश हजार मगरबाट दुई हजारका दरले दुई करोड संकलन गरी त्यसलाई बिऊ पुंजी बनाई सीप, आय, आर्जन, तालिम संचालन गर्ने योजना रहेको बताउनुभयो ।
संघले अगाडी सारेको प्रस्तावमा मगरात पहिचान स्थापनाका लागि संघर्ष गर्ने, मगर युवा रोजगार प्रवद्र्धन कार्यक्रम गर्ने, मगर आर्थिक सवलीकरण कार्यक्रम, मगर प्रतिवद्ध दुब्र्यसन विरुद्ध अभियान, तालिम अन्तरक्रिया लगायतका कार्यक्रमहरु संकल्प प्रस्तावमा रहेका छन् ।
‘मगरहरुको आव्हान ः आर्थिक सवलीकरण, शैक्षिक समृद्धि तथा पहिचान सहितको संविधान भन्ने नाराका साथ संघको २० औं अधिवेशन हुन लागेको संघका कार्यवाहक अध्यक्ष गीता सारु मगरले जानकारी गराउनुभयो ।
असोज ८ गते लखन चौराहाबाट जनजागरण ¥याली सुरु गरी ट्राफिकचोकमा संघका केन्द्रीय अध्यक्ष नविका रोकाले संबोधन गर्ने कार्यक्रम रहेको छ । ९ र १० गते भूपु सैनिक क्लव देविनगरमा बन्दसत्र कार्यक्रम रहेको संघका सदस्य कमल थापाले जानकारी दिनुभयो ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदमा एक÷एक जना पदाधिकारीहरु सहित २५ सदस्यीय जिल्ला समिति चयन गर्ने अधिवेशनमा १ सय २० जना प्रतिनिधीहरुको सहभागिता रहने संघले जनाएको छ । २०६८ सालको जनगणनामा रुपन्देहीमा एक लाख बढी मगर समुदायका ब्यक्तिहरु रहेको संघले बताएको छ ।