ट्यापे, मुन्द्रे प्रहरीको निगरानीमा

1.3K

ट्यापे, मुन्द्रे प्रहरीको निगरानीमा

madira

चाडपर्व केन्द्रित प्रहरीको विशेष सुरक्षा योजना
बुटवल, ६ असोज । नजिकिँदै गरेको मेला पर्वलाई लक्षित गरेर प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । नेपाली हिन्दु समाजमा मनाईने मुख्य पर्वहरु दशैं, तिहार लगायतका पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताउनु भयो ।

प्रहरीले बैंक तथा वित्तिय संस्थालाई लक्षित गरेर अपरेसन गर्ने, आफ्नो कार्यक्षेत्रमा पर्ने राजमार्ग क्षेत्रमा विशेष सुरक्षा योजना बनाएको आज बुटवलमा पत्रकार सम्मेलन गरि उहाँले जानकारी गराउनु भएको हो । उहाँका अनुसार सुनचाँदी पसल, बैंक तथा वित्तिय संस्थामा विशेष अपरेसन सञ्चालन गर्ने, ट्यापे, मुन्द्रे, गजेडी जस्ता शंकास्पद् व्यक्तिलाई सर्च गर्ने, बसमा हुने लुटपाट तथा सम्भावित रात्रीकालिन अपराधिक गतिबिधी रोक्न व्यापक रुपमा प्रहरी परिचालन गरिने उहाँले बताउनु भयो ।

दिवा सेवाका बसमा प्रहरीले विशेष निगरानी गर्ने छ भने रात्रीकालिन सेवाका बसमा हतियार सहितका प्रहरी परिचालन गरिने प्रनाउ मरासिनीले बताउनु भयो । ईलाका प्रहरी कार्यालय बुटवलको कार्यक्षत्रमा पर्ने पूर्वमा देवदहदेखि पश्चिममा सालझण्डी सम्मको जंगल ईलाकामा प्रहरी गस्ती परिचालन गरिने प्रहरीको सुरक्षा योजना छ । दशैंमा हुने संभावित चोरी डकैति नियन्त्रण गर्नकालागि पनि प्रहरीेले शहर केन्द्रित गस्ती परिचालन गर्ने प्रहरीको तयारी छ ।

जनतासंग प्रहरी कार्यक्रम

समाजमा हुने अपराधिक कृयाकलाप रोक्न प्रहरीले गाउँ गाउँमा जनतासंग प्रहरी कार्याक्रम सञ्चालन गरेको छ । सालझण्डी, सैनामैना, रामापुर, गजेडी, रुद्रपुर, हरैया, मुर्गीयामा उक्त कार्यक्रम गरिसकेको छ भने ईलाका प्रहरी कार्यालय अन्तरगतका क्षेत्रहरु देवदहको खैरेनी, तिलोत्तमाको मंगलापुर लगायतका स्थानमा कार्यक्रम तयारी भएको प्रनाउ मरासिनीले बताउनु भयो ।

नागरिक र प्रहरीले संयुक्त रुपमा सञ्चालन गर्ने यस्ता कार्यक्रमले समाजमा हुने अपराधिक कृयाकलाप, चेलिवेटी वेचविखन, लागु औषध विरुद्ध जनचेतना जगाउन सहज हुने भएकाले जनतासंग प्रहरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो । यो कार्यक्रमले जनता र प्रहरी विचको संम्बन्ध सुधार गर्न पनि सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बरामद घरेलु मदिरा नष्ट
प्रहरीले विभिन्न समयमा बरामद गरेका ठूलो परिणामको प्रतिवन्धित घरेलु मदिरा र बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले बुटवल बिक्रिकालागि ल्याउँदै गरेको पाल्पाको सिमाना सिद्धबाबा, बुटवलको, गोलपार्क, ईटाभट्टी, जितगढी, देवदहको चरङ्गे लगायतका स्थानबाट एक हजार ५ सय लिटर घरेलु मदिरा सहित एक क्वीनटल कच्चा पदार्थ बरामद गरेको थियो ।

प्रतिवन्धित लागु औषध सहित दुई पक्राउ
प्रहरीले प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ गर्नेमा देवदह २ रुपन्देहीका फत्तेबहादुर राणा र किसन थापालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १.४४ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । यस अंगाडी प्रहरीले बुटवलको बसपार्कबाट नुफ्रिन, फेनारगन र सेराज्याक सहित पाल्पा जुठापौवा ५ का रेशम बगालेलाई पक्राउ गरेको थियो ।