मधेसी मोर्चाले एमालेको बैठक बिथोले

739

मधेसी मोर्चाले एमालेको  बैठक बिथोले

सिरहा, १९ असोज । संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य नेतृत्वको नेकपा माओवादीका नेता तथा कार्यकर्ताले दिउँसो सिरहामा नेकपा (एमाले)को क्षेत्रीय बैठक बिथोलेका छन् ।
सिरहाको विष्णुुपुुरकट्टी–८ स्थित गडमेमा बसेको नेकपा (एमाले) क्षेत्र नम्बर ४ को बैठक मोर्चा र वैद्य माओवादीका कार्यकर्ताले बिथोलेका हुुन् । एमाले मधेस विरोधी पार्टी भएको भन्दै बैठक बिथोलेको मोर्चाका नेताले जनाएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादवको नेतृत्वमा पुुगेका मधेसी मोर्चाका सयौँ कार्यकर्ता र वैद्य नेतृत्वको जिल्ला नेताले एमालेको कार्यक्रम स्थलमा पुुगेर बिथोलेका हुन् । मोर्चाका कार्यकर्ताले बैठक बसेको ठाउँमा ढुुङ्गामुुढासमेत गरेका थिए ।
बैठक बस्न नदिएपछि घर हिँडेको अवस्थामा मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई बाटोमै घेरेर कुुटपिटसमेत गरेका छन् ।
एमालेका करिब सातजना कार्यकर्ताको मोटरसाइकलसमेत मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।