टोलटोलमा गाविस सेवा

1.3K

टोलटोलमा गाविस सेवा

vdc

बुटवल, ७ असोज । रुपन्देहीको रुद्रपुरमा शुक्रबार टोलटोलमा गाविस सेवा कार्यक्रम गरिएको छ ।

गाविसका सेवाग्राहीहरुले स्थानीय निकायबाट प्राप्त गर्ने सेवा सुविधाका बारेमा जानकारी दिन तथा पञ्जिकाधिकारीले प्राप्त गर्ने सुवा सुविधाका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रम अन्र्तगत रुद्रपुरका विभिन्न वडामा गरिएको टोलटोलमा गाविस सेवा कार्यक्रम अन्र्तगत जन्मदर्ता, विवाहदर्ता, मृत्यूदर्ता, नागरीकताको सिफारीस लगायतका सिफारीस सम्वन्धी कामहरु गाविस सचिव कृष्णप्रसाद पन्थीकै उपस्थितीमा भएको हो ।

टोलटोलमा गाविस सेवा कार्यक्रम अन्र्तगत नागरिकताको सिफारीस, जन्मदर्ता, विवाहदर्ता, मृत्यूदर्तालगायतका २ सय ५० बढी सिफारीसको कामहरु भएको थियो । स्थानीय किशोरी सम्वाद केन्द्र, ग्रेजुयट समुह, स्वाभलम्वन समुहको आयोजना तथा रुद्रपुर गाविस र सुनगाभा सामुदायिक विकास केन्द्रको सहयोगमा भएको कार्यक्रममा सुनगाभाका उपाध्यक्ष खेमबहादुर क्षेत्री, मेलमिलाप केन्द्रका कुलप्रसाद पौडेललगायतको उपस्थिती रहेको थियो ।