बुटवल । लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र दुधराक्ष रुपन्देहीका अध्यक्ष युवराज काफ्लेले आफ्ना स्वर्गीय बुवा कुश्माखर काफ्लेको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
स्वर्गीय बुवाको श्राद्धको तिथि पारेर पुस्तकालयमा आयोजित एक कार्यक्रमकाबीच काफ्लेले पुस्तकालयलाई अक्षय कोष स्थापनाको लागि एक लाख ५० हजार रुपैंया प्रदान गर्नुभएको हो ।
सो कार्यक्रममा पत्रकार माधव नेपालले पुस्तकालयका उपाध्यक्ष गोपाल भण्डारीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । पुस्तकालयको मातहतमा सञ्चालन हुने सो कोषबाट प्रत्यक वर्ष कपिलबस्तु, नवलपरासी र रुपन्देहीमा पत्रकारिता, स्वास्थ्य र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गरिने बताईएको छ ।
अक्षय कोषमा हरेक वर्षको तिथि पारेर रकम बृद्धि गर्दै लैजाने पनि अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।