मोतिपूर अध्ययन केन्द्रमा नेपाल

मोतिपूर अध्ययन केन्द्रमा नेपाल

logoबुटवल, १९ असोज । मोतिपुर सामुदायिक अध्ययन केन्द्रको अधिवेशनले शिवप्रसाद नेपालको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।
जसको सदस्यहरुमा जगदीश थारु, लक्ष्मी गीरी, माया थापा,  धामाया भण्डारी  धामाया गौतम जमुना न्यौपाने, र वुद्धिमाया चौधरी रहेका छन ।
सोमवार वुटवल उप–महानगरपालिका मोतिपुरमा आयोजित कार्यक्रममा वडा सचिव दामोदर अर्याल, हेल्थपोर्टको इन्चार्ज विश्ववन्धु विनय, मोतिपु उमाविका प्राचार्य लक्ष्मण मरासिनाी, केन्द्रका अध्यक्ष रणवहादुर राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैबीच मोतिपुर कृषी सहकारीको प्रथम अधिवशेन तथा साधारणसभाले शिवप्रसाद नेपालको अध्यक्षतामा कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा उर्मिला नेपाल, सचिवमा माया भण्डारी कोषाध्यक्षमा विना गिरी रहेका छन । त्यसै गरी सदस्यहरुमा यमकला भण्डारी, लक्ष्मी पगेनी, लोकमाया कडेल,  विमला ढकाल, कल्पना थारु चयन भएका छन ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •