गृहपृष्ठ
समाचार
अर्थ
शिक्षा
कृषि
अपराध
स्वास्थ्य
खेल
प्रोफाइल
विविध
गृहपृष्ठ
नाकाबन्दीको भर्त्सना गर्न कांग्रेसमा माग
1.3K
SHARES
Lumbini Online
October 7, 2015
काठमाडौं,२० असोज /नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भारतीय सरकारले लगाएको अघोषित नाकाबन्दीको भर्त्सना गर्दै पार्टीले खेद प्रकट गर्नु पर्ने माग गरेका छन्।बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रिय सदस्य प्रकाशशरण महतले सीमामा भइरहेको नाकाबन्दी खोल्न भारतलाई अनुरोध गर्ने र अान्दोलनरत मधेसी दललाई पनि नाकाबन्दी फिर्ता लिन अाह्वान गर्दै पार्टीले प्रस्ताव पारित गर्नु पर्ने भनाई राखेका थिए।त्यसपछि बोल्दै युवा नेता थापाले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै अघोषित नाकाबन्दी लगाएको भन्दै सोविरुद्ध पार्टीले भर्स गरी खेद प्रस्ताव नै पारित गर्नुपर्ने माग राखेको बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई बताए।उनले संविधान जारी भएपछि तराई मधेसमा उठेको आन्दोलनको सम्बोधन गर्ने कुरा नेपालका राजनीतिक दल र सरकारकै भएपनि उक्त विषयमा भारतीय नाकामा असोज ४ गतेदेखि नाकाबन्दी लगाउनु खेदजनक भएको बताएका थिए।केन्दिय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँडले व्यङ्ग्य गर्दै भने- सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल यहिँ हुनुहुन्छ उहाँले नै सार्वजनिक रूपमा भारतले नाकाबन्दी नलगाएको बताइरहनु भएको छ, पार्टीले किन खेद प्रस्ताव पारित गरिराख्नु!त्यसको प्रतिवाद गर्दै रिजालले अाफ्नो भनाइ तोडमोतड पार्दै मिडियामा अाएको अाफूले सीमामा भएको गतिविधिलाई अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने ठीक शब्द प्रयोग गरौं मात्र भनेको एक केन्द्रीय सदस्यले बताए। रिजालले पार्टी र सरकारको भूमिका फरक फरक रहने भन्दै नाकाबन्दी बारे पार्टीले सरकारलाई भन्नु पर्ने सुझाएको ती सदस्यले बताए। त्यसैगरी अर्थमन्त्री रामशरण महतले पनि पार्टीले यस विषयमा सरकारलाई कुटनीतिक तबरबाट तत्काल समस्या समाधानका लागि दबाब दिनुपर्ने सुझाव राखेपछि बैठकले यस विषयमा सरकारलाई तत्काल समस्या समाधानको लागि आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरेको छ।
सम्बन्धित समाचार
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरद्वारा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान
May 15, 2025
हुन्डाईको नयाँ क्रेटा ईभि सार्वजनिक
May 15, 2025
ए.ओ.सी.सि.ए. कलेज बुटवल : ५ वर्षदेखि नेपाल र भारत दुबै बोर्डको सि.ए. तयारी कक्षा
May 15, 2025
भारत–पाकिस्तान युद्धविराम : कार्यान्वयनमा चुनौती
May 11, 2025
Recent Posts
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरद्वारा विद्यार्थीलाई विद्यालय पोशाक प्रदान
हुन्डाईको नयाँ क्रेटा ईभि सार्वजनिक
ए.ओ.सी.सि.ए. कलेज बुटवल : ५ वर्षदेखि नेपाल र भारत दुबै बोर्डको सि.ए. तयारी कक्षा
भारत–पाकिस्तान युद्धविराम : कार्यान्वयनमा चुनौती
नेपाल अर्थोपेडिक एशोसियसन लुम्बिनीमा ज्ञवाली
फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा सापकोटा
हरेक पालिकामा फर्मासिष्टको दरवन्दी अनिवार्य गर्न माग