नेतृत्व कार्यशाला गोष्ठी

1.3K

नेतृत्व  कार्यशाला  गोष्ठी

sana
देवदह, १० असोज । नेतृत्व, सोच र सफलता एक अर्काको परिपुरक भएको जीवन रुपान्तरण विषयक प्रशिक्षक संगम महतले बताउनुभएको छ । उहाले नेतृत्व विकासलाई समाज संग जोडिनुपर्ने बताउनुभयो ।

साथै उहाले जीवनलाई बदल्न सकारात्क सोचको आवश्यकता पर्ने बताउदै हरेक व्याक्तिले जीवनलाई नकारात्मक दृष्टिकोणबाट टाढा राख्नुपर्ने बताउनुभयो । साना किसान कृषि सहकारी संस्था देवदह रुपन्देहीको आयोजनामा भएको नेतृत्व विकास, व्यवसायिक सोच र सफलता सम्बन्धी एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो  ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिका गौतमले नेतृत्व सम्बन्धी  कार्यशाला  गोष्ठीले मानिसमा भएको नकारात्मक धारणा हटाउनु मद्धत गर्ने हुदा आगामी दिनमा पनि यस्तो कार्यक्रमको संचालन गरिने बताउनुभयो  । साथै उहाले प्रभावकारी नेतृत्व कसरी गर्ने, व्यवसायीक सफलता कसरी प्राप्त गर्ने विषय कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।

सहकारीका करिब ५० जना शेयर सदस्यहरु रहेको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक सरला सुवेदी र उपाध्यक्ष डण्डापानी भट्टराईको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।