जो भए पनि सहमतिमै प्रधानमन्त्री ;दाहाल

588

जो  भए पनि सहमतिमै प्रधानमन्त्री ;दाहाल

prachanda

विराटनगर, २०असोज /एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक अहिले जटिल परिस्थितिमा रहेकाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले सोह्रबुँदे सहमतिअनुरुप तीन दल एकै ठाउँमा नउभिए मुलुकका लागि दुर्भाग्य हुने बताए।मधेसवादी दल, थारु समुदायका नेता र जनजातिसँग सकारात्मक ढङ्गले वार्ता अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले छिटोभन्दा छिटो समस्याको समाधान गरिनुपर्नेमा जोड दिए। भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक पहलका साथै राजनीतिकस्तरमा पनि संवाद भइरहेको बताउँदै अध्यक्ष दाहालले भारतले छिट्टै आपूर्ति सहज बनाउने विश्वास व्यक्त गरे।उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पारवाहन अधिकार अविच्छिन्न रहेको चर्चा गर्दै तत्काल अन्य मुलुकबाट हवाई र सडक मार्ग हुँदै अत्यावश्यक सामग्री ल्याउने पहल पनि भइरहेको जानकारी गराए। पत्रकारको जिज्ञासामा उनले नाकाबन्दीका कारण पार्टीहरुबीचको सम्बन्ध अझै बलियो भएको उल्लेख गर्दै चुनौतीपूर्ण यस घडीमा प्रधानमन्त्रीमा केपी ओली वा सुशील कोइराला जो भएपनि सहमतिकै आधारमा हुनुपर्ने बताए।