सैनामैनामा श्रद्धान्जली सभा

1.3K

सैनामैनामा श्रद्धान्जली सभा

sainamaina

बुटवल, ११ असोज । नेपाली कांग्रेस सैनामैना नगर १ नम्वर वडा समीतीको आयोजनामा श्रद्धाञ्जली सभा भएको छ ।

नेपाली कांग्रस गुल्मी जिल्ला सदस्य अनन्त पौडेलकी माता धनकला पौडेलको श्रद्धान्जली सभा आज सैनामैना नगरपालिकाको उहाकै निवासमा सम्पन्न भएको हो ।वडा सभापती चिन्तामण्ी भुसालको सभापतीत्व तथा नेपाली कांग्रेस रुपन्देही क्षेत्र न ४ का सभापती हरी लम्सालको प्रमुख आथीत्यतामा भएको कार्यक्रमको सन्चालन वडा सचीव विष्णु सतुन्ने ले गर्नु भएको थियो ।

सभामा प्रमुख अतिथी लम्सालले  धनकला पौडेलले देखाएको वाटोमा हिड्न सके उहां प्रती सच्चा श्रद्धान्जली हुने वताउनु भयो । कार्यक्रममा जिल्ला सदस्य गोविन्द लम्साल, फडीन्द्र प्रसाद शर्मा, सैनामैना नगर सभापती राम प्रसाद अधिकारी ,गुल्मी हुगा गाविसका सभापती महेश्वर भण्डारी लगायतले श्रद्धान्जली मन्तव्य राख्नु भएको थियो ।

गुल्मी हुगा गाविसका सभापती महेश्वर भण्डारीले धनकला पौडेलको जिवनीका विषयमा प्रस्ट पार्नु भएको थियो ।