महिला तथा बालबालिकाको सुरक्षाको ग्यारेन्टी घरबाटै हुनुपर्छ : विष्ट

1.3K

महिला तथा बालबालिकाको सुरक्षाको ग्यारेन्टी घरबाटै हुनुपर्छ :  विष्ट

securityमिना पौडेल/
देवदह, १० असोज । महिला तथा बालबालिकाको सुरक्षाको ग्यारेन्टी घरबाटै हुनुपर्ने क्षेत्रीय प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक अब्देश विष्टले बताउनुभएको छ । उहाले समाजमा अपराधिक क्रियाकलाप हुन नदिन बलबालिकालाई नैतिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

साथै उहाले महिला हिंसा न्यनिकरणका लागि जनचेतनाको जगाउनुपर्ने बताउनुभयो ।  इलाका प्रहरी कार्यालय बुटवल, महिला तथा बालबालिका सेवा केन्द्रको आयोजनामा भएको महिला तथा बालबालिका सम्बन्धी घट्ने घटनाहरुलाई न्युनिकरण गर्ने उद्धेश्यले संचालित जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरेले बिकृती र बिसङ्गतिको पाटो निम्तिनुको प्रमुख कारण देशमा बेरोजगारीको अवस्था सृजना भएकाले महिला तथा बालवालिकाको सुरक्षा नभएको बताउनुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले जँहा दूव्र्यशन बढ्छ त्यहा अपराधिक क्रियाकलाप बढि हुने बताउदै उहाले प्रहरीले मात्र शतप्रतिशत सुरक्षको ग्यारेन्टी दिन नसक्ने उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा सगरमाथा आवसिय माध्यमिक बिद्यालयका प्राचार्य कृष्ण पौडेलले विद्यमान कानुननै कमजोर रहेको हुदा आफ्नो सुरक्षाको लागि आफैै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, देवदह उद्योग वाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल महिला तथा बालवालिका सेवा केन्द्रका ज्योति कुवंरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।