बुटवल, १० असोज । रुपन्देहीका एफएम रेडियोहरुले असोज ६ गते रेडियो धादिङमा भएको आक्रमणको विरोध गर्दै जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र पेश गरेको छ ।
आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल मार्फत प्रधानमन्त्रीको कार्यालय, सूचना तथा सञ्चार मन्त्रालयको ध्यानआकर्षण गराएका हुन । प्रेस स्वतन्त्रामाथि ठाडो हस्तक्षेप गरि रेडियोको भवनमा विना जानकारी रेडियोकर्मी सुतीरहेको अवस्थामा भवनमा डोजर चलाई रेडियोको उपकरणमा क्षती पु¥याएकोमा रुपन्देहीका रेडियोले गम्भिर आपत्ती जनाएका हुन ।
घटनाको न्यायिक छानविन गरि दोषीलाई कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ । साथै स्थानीय सञ्चारमाध्यमलाई कुनै पनि वाहनामा अवरोध गरि जनताको सुसुचित हुन पाउने अधिकार कुण्ठित नगर्न समेत चेतावनी दिइएको छ । ज्ञापनपत्र रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दिरा अर्यालले वाचन गरि सुनाएपछि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी ढकालले सम्न्धीत निकायमा ज्ञापन पत्र पठाउने भन्दै रुपन्देही प्रशासन प्रेस स्वतन्त्रताप्रती पूर्ण जिम्मेवार रहेको बताउनुभयो । उहाँले प्रशसानको आडमा रेडियोको भवनमा भएको क्षतिप्रती दुःख व्यक्त समेत गर्नुभयो ।
ज्ञापनपत्रमा रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दिरा अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, पूर्व अध्यक्ष डिआर घिमिरे, सल्लाहाकार सुमन अधिकारी, रेडियो जागरणका स्टेशन म्यानेजर विनोद परियार, रेडियो मुक्तिकी स्टेशन म्यानेजर कल्पना तिवारी, रुपन्देही एफएमका स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डे, तिनाउ एफएमका राजेन्द्रजङ्ग रायमाझी, रेडियो समावेशीका स्टेशन म्यानेजर मिलन गाहा, खस्यौली एफएमका स्टेशन म्यानेजर सुमन श्रेष्ठ, बुटवल एफएमका भवानी प्रसाद पाण्डे लगायतले हस्ताक्षर गरेका छन् । असोज ६ गते रातको समयमा जिल्ला वन कार्यालयको नेतृत्वको जनपद र सशस्त्र प्रहरीको टोलीले डोजर लगाई रेडियो धादिङको भवनमा क्षति पु¥याएको थियो ।