विश्वज्योतीको साधारणसभा सम्पन्न

471

विश्वज्योतीको साधारणसभा सम्पन्न

sahakari-news-photo

बुटवल, १० असोज । विश्वज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सोमबार बुटवलमा सम्पन्न भएको छ । बुटवलकै पूरानो सहकारीमा पर्ने विश्वज्योतीले उत्पीडित समुदाय लक्षित कार्यक्रम गर्दै कार्यक्षेत्र विस्तार गर्ने निर्णय  समेत गरेको छ ।

साधारणसभाको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेले सहकारीको सिद्धान्त नै तल्लो वर्गको सानो पुँजीलाई एकिकृत गरि उत्पादनमा लगाउने भएकाले सहकारीको उदेश्य राम्रो भएको बताउनुभयो । साधारणसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले विश्वज्योतीले दलित समुदायलाई लक्षित गरि सहकारी स्थापना गरेकाले सवैको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष सिताराम रसाईली, संरक्षक रेवन्त विश्वकर्मा, सल्लाहाकार एमबि विश्वकर्मा, सहयात्री बचत तथा ऋण सहकारीका उपाध्यक्ष इन्द्र बम्रेल, शेयर सदस्य ओमप्रकाश सुनार, विश्वकर्मा महिला समाजका अध्यक्ष इन्दिरा समरखाती लगायतले बोल्नुभएको थियो ।

अध्यक्ष किशोर कुमार सेन्चुरीको अध्यक्षता, उपाध्यक्ष जोगलाल विश्वकर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सदस्य हरिबहादुर सुनारले गर्नुभएको थियो । ३ सय ४० जना शेयर सदस्य रहेको सहकारीको ५२ लाख ७ हजार १ सय शेयर पुँजी रहेको छ ।