आठ बुंदे संकल्प प्रस्ताव पारित
बुटवल, १० असोज । नेपाल मगर संघ रुपन्देहीको २० औं अधिवेशनबाट गीता सारु अध्यक्षमा निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचनमा सारुले ५८ मत ल्याई विजयी हुनु भएको हो । अध्यक्षमा पराजित धनी आलेले ५० मत ल्याउनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा आन बहादुर सोती ५४ मत ल्याएर विजयी हुनु भएको छ । उपाध्यक्षमा पराजित खेम पुनले ४८ मत ल्याउनु भएको छ । सचिवमा कमल थापा ७४ मत ल्याएर विजयी हुनु भएको छ । सचिवमा पराजित सञ्जीव थापाले ३२ मत ल्याएको थियो । कोषाध्यक्षमा मनोज थापा ५५ मत ल्याएर विजयी हुनु भएको छ । कोषाध्यक्षमा पराजित झम बहादुर श्रीसले ४८ मत ल्याएको थियो । सहसचिवमा विनोद थापा निर्वीरोध हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा कालुराम थापा, पदमबहादुर सारु, प्रेम बहादुर थापा, श्याम राना, भोजबहादुर बुढाथोकी, पुजेन्द्र श्रीस, दुर्गा थापा, श्याम थापा, श्रीधर मास्की रहनु भएको छ । त्यस्तै सदस्यहरुमा नै उमानसिंह राना, उटबहादुर थापा, हेम बहादुर राना, मधु राना, उमाया मगर, ज्योती थापा, चेमिका भुजेल, चमाया पुन, ममता बुढाथोकी, निर्मला थापा र इन्द्रा राना रहनु भएको छ ।
अधिवेशनबाट निर्वाचित कार्य समितिलाई नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा, कोषाध्यक्ष कमला थापा, लुम्बिनी इन्चार्ज धन बहादुर थापा, निर्वाचन मण्डलका संयोजक वि.के राना, सदस्य गोविन्द घर्ती लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई दिदै रुपन्देहीमा मगर संघलाई एक ढिक्का बनाएर लैजान सुझाव दिनु भएको थियो ।
नव निर्वाचित अध्यक्ष सारुले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघको तीन दिन सम्म चलेको अधिवेशनले संविधान, अर्थ र शिक्षामा मुद्दालाई जोड दिदै आठ बुंदे संकल्प प्रस्ताव पारित गरेको छ । जसमा मगरात पहिचान सहितको संविधान, दश हजार मगरबाट जनही दुई हजार संकलन गरी दुई करोड बनाई आर्थिक सबलीकरण गर्ने लगायका रहेका छन् ।