वेलहीयामा मोर्चाको उग्र प्रदर्शन

वेलहीयामा मोर्चाको उग्र प्रदर्शन

भारत गएका नेपाली युवालाई मोर्चाका कार्यकर्ताले हातका औंला काटेर फालिदिए
sunuli boarder photos (2)भैरहवा, २० असोज । मधेसी मोर्चाका कार्यकर्ताले भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका रुपन्देहीका एक युवकको हात काटेर फालेका छन ।
किनमेलका लागि बुधबार दिउँसो भारत गएका रुपन्देही भलबारी सुकुम्बासी बस्तीका कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरेपछि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् ।
मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रहार गरेर क्षेत्रीको दाहिने हातका चारवटा औंला काटिदिएका छन् ।
कुटपिट र धारिलो हतिायरले काटिएका उनको अवस्था चिन्ताजनक रहेको बताईएको छ । उनको खुट्टा, हात, कुम र शरीरका दर्जनौं स्थामा धारिलो हतियारको गहिरो चोट छ ।
उनलाई दशगजाबाट प्रहरीले उद्धार गरेर स्थानीय मेडिकलमा उपचार गराइरहेको छ । उनी बुधबार बिहान किनमेलका लागि भारत छिरेका थिए ।
मोर्चाका कार्यकर्ताले हानेको ढुंगाले लागेर डिएसपी महेन्द्र खड्कासहित पाँचजना सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको हो । बुधबार दिउँसो भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मी माथि मोर्चाका कार्यकर्ताले आक्रमण गरिरहेका थिए । मार्चा कार्यकर्ताको अक्रमणबाट दिनभर नेपाल भारत सिमा वेलहीयाको जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताउनु भयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा भारतीय भूमि तथा भारततर्फको दशगजामा रहेका मोर्चाका कार्यकर्ताले उग्र प्रदर्शन गरेका थिए ।
भारतीय सुरक्षाकर्मीको आड र संरक्षणमा हिंश्रम प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले गुलेलीबाट समेत नेपाली सुरक्षार्कीलाई प्रहार गरेका थिए ।
मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण यो नाकाबाट बुधबार बिहानैदेखि कुनै पनि मालवाहक साधन भित्रिन पाएनन । मंगलबार राति नै भारतीय सरकारको गेस्ट हाउसमा पाहुना बनेका राजेन्द्र महतोको सुरक्षाका लागि त्यहाँ दोब्बर बढी भारतीय सुरक्षाकर्मी खटाइएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •