बुटवल, ११ असोज । फेवा बचत तथा ऋण सहकारी संस्था लि.बुटवल –८, रुपन्देहीले पेन्सन बचत र लखपति योजना संचालनमा ल्याएको छ ।
संस्थाले आर्थिक वर्ष ०७३/७४ देखि पेन्सन बचत योजना संचालनमा ल्याएको हो ।
संस्थाको सातौं साधारण सभाले पेन्सन बचत योजना पारित गरेसंगैं यस वर्षबाट योजना संचालनमा ल्याएको संस्थाका अध्यक्ष मधुवाला तारामीमगरले जानकारी दिनुभयो । संस्थाको आज बुटवलमा भएको आठौं साधारण सभाको समिक्षात्मक भेलामा बोल्दैं अध्यक्ष मगरले सो जानकारी दिनुभएको हो ।
उहांले संस्थालाई उदाहरणीय बनाउंनका लागि सबैको साथ समर्थन चाहिने बताउंनुभयो । संस्थाका सल्लाहकार जि.एस.गुरुङ, रामबहादुर मल्लले सबैको सकारात्मक सोच भए फेवाले आफ्नो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष मधुवाला तारामीमगरको अध्यक्षता, सचिव जिवलाल भट्टराईको सञ्चालनमा भएको भेलामा संस्थाका संरक्षक कृष्णप्रसाद अर्याल, उपाध्यक्ष प्रेम गुरुङ, प्रेस सल्लाहकार टेकबहादुर मास्कीराना, सल्लाहकार यमबहादुर थापामगर, कोषाध्यक्ष अञ्जुलता जोशी, सदस्य मेघराज गुरुङ, व्यवस्थापक लिलबहादुर गुरुङ, शिक्षा उपसमिति संयोजक थम्मन बुढामगर, सदस्य प्रेम सोमैं, नितु थापा लगायतले बोल्नु भएको थियो ।
संस्थाको आठौं साधारण सभा भदौं २५ गते बुटवलमा सम्पन्न भएको थियो ।