तीन दल र मोर्चाबीचको बैठक सकियो,आ-आफ्नो अडानमा कायमै

421

तीन दल र मोर्चाबीचको बैठक सकियो,आ-आफ्नो अडानमा कायमै

a

काठमाडौं,२०असोज/तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच भएको बार्ता सकिएको छ। दुबै आ-आफ्नो अडानमा कायमै भएकाले बार्ता बिना निष्कर्ष टुंगिएको हो। तीन दलका तर्फबाट सीमांकनको विवाद संघीय आयोगले मिलाउने प्रस्ताव राखेपनि मोर्चाले संविधानमै संसोधन भएर जानुपर्ने मागलाई अडान राखेको छ।‘राजनीति सहमतिको आधारमा विवादमा रहेका कुराहरूलाई मिलाउन तीन दलले राखेको प्रस्ताव मोर्चाले मानेन,’ तीन दलको बार्ता टोली सदस्य महेश आचार्यले भने। ‘आन्दोलन रोकेर सहमति सहकार्यबाट अगाडि बढ्न हामीले भन्यौ तर उहाँहरू आन्दोलन रोक्ने पक्षमा हुनुहुन्न, आचार्यले भने,’ फेरि पर्सी बस्ने गरी आजको बैठक सकियो।‘यस्तै मधेसी मोर्चाले हाम्रा राजनीतिक माग पुरा भए नाकाबन्दी लगायतका सम्पूर्ण माग क्षणभरमै पुरा गर्न गर्छौ,’ मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले भने। ‘हामीलाई आन्दोलनको रहर छैन। मागहरू सम्बोधन हुनुपर्छ। हाम्रा माग तीन दललाई थाहा छ, तर बुँदा गत रूपमा यति उती भन्ने छैन, सम्बोधन हुनुपर्‍यो, कर्णले भने।