दिनदुखीको सेवामा अग्रसर हुदै फेसबुक ग्रुप

1.3K

दिनदुखीको सेवामा अग्रसर हुदै फेसबुक ग्रुप

facebook-group

खेमानन्द पाठक/
बुटवल, ११ असोज । सहयोगी भावना भएका दलित युवाहरुको समुह “ह्यान्सम सुनार एण्ड व्युटिफुल सुनार्नी फेसवुक युथ ग्रुप” नामक फेसबुक ग्रुपले गरिव दलित मानिसहरुलाई सहयोग गर्दै आइरहेको छ ।

सामाजिक सञ्जाल फेसवुक मार्फत एकिकृत भएका युवाहरुको समुहले असोज ८ गते पोखरा उपमहानगरपालिका २३ निर्मल पोखरी निवासी एक दलित वालक आकाश सुनारको घरमै  गई सहयोग स्वरुप  एक कार्यक्रमका बिच नगद ८००० सहित प्रशंसा पत्र प्रदान गरेको छ । उनको परिवार गरिव भएका कारण फुपुले आफ्नो घरमा लगि एस.एल.सि सम्म त पढाइन् तर उच्च शिक्षा अध्ययन गर्ने सपना पुरा गर्न नसक्ने अवस्थामा रहेका थिए । उनले एस.एल.सि मा ७६ प्रतिशत ल्याएका थिए ।

दलित बालक आकाशले फेसबुक ग्रुपलाई धन्यवाद दिदै अव उच्च शिक्षा हासिल गर्न केहि राहात भएको बताए । उक्त कार्यक्रमा स्थानिय दलित महिला समुहकी अध्यक्ष राममाया वि .क ले सामाजिक सञ्जाल फेसवुकले धेरै् विकृतिहरु ल्याएको सुनेको तर आज आएर  उदाहणीय काम गरेको देख्दा एकदमै खुसी लागेको बताउनु भयो ।

उहाँले यस्तै सहयोगी भावना सवैमा जागेमा यस्ता गरीब विधार्थीहरुले वेलैमा पढाई छोड्न नपर्ने बताउनु भएको छ । यस्तै स्थानीय समाज सेवी लालबहादुर बि.क ले कार्यक्रममा बोल्दै फेसबुक गू्रपले उदाहरणीको साथै स्मरणीम काम गरेको भन्दै प्रंशसा गर्नु भएको  थियो ।

फेसबुक गु्रपका एडमिन प्रकाश विश्वकर्माले हामीहरुले कसैसंग चन्दा , सहयोग नमागीकन सदस्यहरुबाट एक– आपसमा पैसा उठाई जम्मा गर्दै गरिब विधार्थी तथा मानिसहरुलाई सहयोग गदै आएको बताउनु भयो । विगतमा पनि अभिभावक विहिन छात्रा सविना  नेपालीलाई  नगद १५ हजार, कुष्टरोगी महिला लगायत  धुर्मस सुन्तली फाउन्डेसनलाई ३० हजार नगदसहित दुई दिनसम्म श्रमदान गरिसकेको बताउनुभयो ।

उक्त कार्यक्रममा आकास सुनार सहित उनका बुवा, आमा, फुपु लगायत दलित महिला समुहका अध्यक्ष राममाया बि.क लाई टिका लगाई खादा ओढाएर सम्मान गरेको थियो भने स्थानिय दलित महिला समुहले पनि सम्पुर्ण फेसबुक गु्रपका सदस्यहूरुलाई टीका माला लगाई खादा ओढाई स्वागत तथा सम्मान गरेको थियो ।

दलित महिला समुहका अध्यक्ष राममाया वि.क.को अध्यक्षतामा भएको कार्यक्रम गु्रप एडमिन प्रकाश बिश्वकर्माले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा दलित महिलासमुहका सदस्यहरु फेसवुक ग्रुपको एडमिन सदस्यहरु  सचिन रसाइली, प्रकाश बिश्वकर्मा,सिम्रीक घताने, सरु सूनार , हेमा सेन्चुरी ,रोजीला सुनार, अनिसा सुनार ,हरि खड्काथोकी, सनम सुनार,सुनील सुनार,सुजन सुनार,सागर सुनार,सपना घताने,आरती सुनार लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।