मन्दिर सरसफाइमा सेना

740

मन्दिर सरसफाइमा सेना

nepali-senaललित पाण्डेय/
सैनामैना, ११ असोज । चार्ड पर्व नजिकिदै गर्दा नेपाली सेनाले सैनामैनाको मठ मन्दिर सरसफाईमा सक्रियता देखाएको छ । सेनाले सैनामैना ३ मुर्गियामा रहेको नव दुर्गा भवानी मन्दिर परिषरमा मंगलबार बिहान सरसफाई गरेको हो ।

सैनामैना जेसीजको आयोजना र नेपाली सेनाको सक्रियतामा स्थानीय सर्वसाधारण कुचो, कुटो, कोदालो, बेल्चा, हंसिया लिएर मन्दिर सरसफाईमा जुटेका थिए । सैनामैनामा रहेको सैन्य तालिम २ नम्बर गणका प्रमुख सेनानी भोला रिजालको नेतृत्वमा आएका सैनिकको सहभागितामा सरसफाई गरिएको थियो ।

पुर्व पश्चिम राजमार्ग सगै रहेको नव दुर्गा भवानी मन्दिरमा बिजया दशमी र चैते दशैमा विशेष पुजा आजा हुने गर्दछ भने घटनास्थापनाको दिन देखि दुर्गा भवानीको पुजा शुरु हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तिर्थ भुषालले बताउनु भयो । घटस्थापनको दिन शोभा कलश यात्रा सहित विजया दशमीको सुरुवात गरिने उहाले बताउनु भयो ।

१५ कठ्ठा जग्गामा रहेको मन्दिरमा अहिले राधा कृष्ण, गणेश, शिव, हनुमान र दुर्गा मन्दिर रहेको छ । यस्तै मन्दिरको बिच भागमा स्थानीयको सक्रियतामा कालिका मन्दिरको संरचना निर्माण गरिएको अध्यक्ष भुषालले बताउनु भयो ।

सरसफाई अभियानलाई दैनिक रुपमा घर, टोल र छरछिमेकमा संचालन गर्न सकेमा नगरको सुन्दरता बढ्नुका साथै पर्यावरण पनि स्वच्छ रहने सैनामैना नगरपालिकाका अधिकृत रोमनाथ न्यौपानेले बताउनु भयो । कार्यक्रममा सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, मन्दिर ब्यवस्थापन समिति सदस्य लक्ष्मि जोशी लगायतले धारणा राख्नु भएको थियो । सैनामैना जेसीजले साप्ताहिक रुपमा मुर्गिया बजारमा सरसफाई अभियान संचालन गर्दै आएको छ ।