मधेस समस्या समाधानका लागि संविधान संशोधन : गच्छदार

1.3K

मधेस समस्या समाधानका लागि संविधान संशोधन : गच्छदार

biajay-gachhadar

विराटनगर, १२ असोज । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक¬) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिनुभयो । सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्तावअघि बढाउन लागेको उल्लेख गर्दै उहाँले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभयो ।

पत्रकारको जिज्ञासामा अध्यक्ष गच्छदारले स्थानीय तहमा इलाकालाई आधार बनाउने प्रस्ताव अवैज्ञानिक रहेकाले दलहरुको सहमतिमा मात्र स्थानीय तहको सीमाङ्कन र सङ्ख्या निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।