झापा फुटबल क्लब र मनाङ मस्र्याङ्दी बराबरी

1.3K

झापा फुटबल क्लब र मनाङ मस्र्याङ्दी बराबरी

logoकाठमाडौँ, २० असोज । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली झापा फुटबल क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा  भएको खेलमा झापाले मनाङसँग २–२ गोलको बराबरी खेलेको हो । यस खेलसँगै झापाको शीर्ष स्थान हासिल गर्ने सपना चकनाचुर भए तापनि एक स्थान माथि भने उक्लेको छ ।

यसअघि तेस्रो स्थानमा रहेको झापा २५ अङ्कका साथ लिगको दोस्रो स्थानमा उक्लेको हो ।

त्यस्तै मनाङ भने २३ अङ्कका साथ लिगको चौथो स्थानमा यथावत् छ । जारी प्रतियोगितामा थ्रीस्टार क्लब २६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब २४ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ ।

प्रतियोगितामा पहिलो अग्रता भने झापाले लिएको थियो । कर्ण लिम्बूले खेलको १८औँ मिनेटमा गोल गर्दै झापालाई पहिलो अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १–० गोलअन्तरले अगाडि रहेको झापा त्यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको दास्रो हाफ सुरु भएको करिब १२औँ मिनेटमा मनाङका खेलाडी विशाल राई बी ले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसैगरी खेलको ७०औँ मिनेटमा मनाङका राईले नै पुनः एक थपे ।

झापाका योगेश गुरुङले खेलको ८३औँ मिनेटमा एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा टुङ्गिन पुग्यो ।  बिहीबार नेपाल प्रहरी क्लब र मोफसलको टोली लुम्बिनी फुटबल क्लबबीच खेल हुनेछ ।