ओकेबाजेद्वारा झोला छात्रवृत्ति अक्षयकोष स्थापना

699

ओकेबाजेद्वारा झोला छात्रवृत्ति अक्षयकोष स्थापना

पाल्पा, १२ असार । मौलादेवी निम्नमाध्यमिक विद्यालय, मित्याल–६ पाल्पामा रु एक लाखको झोला छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ ।

जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले सो अक्षयकोष स्थापना गर्नुभएको हो । जिल्लाको दुर्गम, पहाडी क्षेत्रमा रहेको यस विद्यालयमा विद्यार्थीलाई प्राविधिक शिक्षा सञ्चालनका लागि ओकेबाजेले कम्प्युटर खरिदका लागि रु २० हजार सहयोग गर्नुभएको छ ।

बाक्लो मगर बस्ती रहेको यस क्षेत्रका विद्यार्थीलाई पठनपाठनमा प्राविधिक सेवा दिने उद्देश्यले कम्प्युटर खरिदका लागि आर्थिक रकम सहयोग गरेको ओकेबाजेले बताउनुभयो ।