बुुटवल, १३ असोज । बुटवलमा मगर विद्यार्थीहरुको लागि प्रशिक्षण सुरु भएको छ । स्वायत्त मगरात प्रदेश निर्माणको लागि दुई दिने प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण कार्यक्रम नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकाले उद्घाटन गर्नुभयो ।
उहांले मगरात आन्दोलन कुनै जाति विशेष संग नरहेको प्रष्ट पार्नुभयोे । मगरहरु राज्यबाट ठगिदै आएकोले हिसाव÷किताव सिंहदरवार संग रहेको बताउनुभयो । मगरबाहुल्य रहेको क्षेत्रलाई टुक्रा÷टुक्रा पारेकोमा आक्रोश व्यक्त गदै मगरात क्षेत्रलाई एउटै प्रदेशमा राख्न आन्दोलन जरुरी रहेको बताउनुभयो ।
आज भएको प्रशिक्षण कार्यक्रममा मगरात प्रदेशको वारेमा मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर विरकट्टा, संघीयता र संघीय प्रदेशको वारेमा मगर संघका पूर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्तीले प्रशिक्षण दिनु भएको छ । भोलि हुने प्रशिक्षणमा संविधान र राज्यका नीति तथा कार्यक्रम वारेमा डिबी आलेले प्रशीक्षण दिनु हुनेछ ।
प्रशिक्षणमा स्याङजा, प्युुठान, तनहुु, कास्की, रोल्पा बाग्लुुङ, नबरपरासी, गुुल्मी, अर्घाखांची, गोर्खा लगायतका जिल्लाका मगर विद्यार्थीको सहभागिता रहेको छ ।
नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समीती मगरात राज्य समीती द्धारा बुुटवलमा आयोजित प्रशिक्षणमा नेपाल मगर बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आले ,मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुुर बिरकट्टा, कोषाध्यक्ष कमला थापा, जिल्ला अध्यक्ष गिता सारु, मगरात ईन्चार्ज बिष्णुु थापा, नेपाल मगर बिद्यार्थी संघ रुपन्देहीका अध्यक्ष मनीष फाल, नारायणी गाहा लगायतले मगरात क्षेत्र प्राप्तिको आन्दोलनमा होमिन सबैलाई आग्रह गर्नुभयो ।