व्याजदर परिवर्तनकालागि सञ्चालक समितिलाई अख्तियारी

350

व्याजदर परिवर्तनकालागि सञ्चालक समितिलाई अख्तियारी

agan

बुटवल, १५ असोज । बुटवलमा सञ्चालित आँगन बचत तथा ऋण सहकारी संस्थाले समय सापेक्ष रुपमा व्याजदर परिवर्तनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थाको आज बुटवलमा सम्पन्न सातौं साधारण सभाले संस्थाको हितकालागि आफ्ना शेयर सदस्यलाई पनि मर्का नपार्ने गरी समय सापेक्ष रुपमा व्याजदर तथा सेवा शुल्क परिवर्तनकालागि सञ्चालक समितिलाई अख्तियारी दिएको हो । यस अंगाडी अंघिल्लो साधारण सभाले एक प्रतिशत सेवा शुल्क कायम रहने गरी बचतमा ७ प्रतिशत र ऋण लगानीमा १२ प्रतिशत व्याजदर कायम गरेको थियो ।

त्यस्तैगरी साधारण सभाले शेयर सदस्यले प्रत्येक महिला एक हजार रुपैंया मासिक बचत गर्दै आएकोमा बढाएर एक हजार पाँच सय पु¥याएको छ । साधारण सभाले चालु आर्थिक वर्षमा सदस्यता विस्तार गरी ३ सय एक शेयर सदस्य पु¥याउने प्रस्ताव पारित गरेको छ । सहकारीमा एक सय ७४ जना शेयर सदस्य छन् ।

त्यस्तै महिला उद्यमशिलता बिकासका लागि महिला शेयर सदस्यलाई विषयगत उद्यमशिलता तालिम सञ्चालन गर्ने समेत साधारण सभाले प्रस्ताव पारित गरेको छ । अंघिल्लो साधारण सभाले पारित गरेका कार्यक्रमहरु कार्यान्वयन भईसकेका र यो साधारण सभाले अंगाडी सारेका कार्यक्रम पनि तुरुन्तै कार्यान्वयन हुने अध्यक्ष यमप्रसाद तिवारीले बताउनु भयो ।

संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको साधारण सभामा सल्लाहकारहरु दिनेशप्रसाद श्रेष्ठ, गणेशचन्द्र पोखरेल, शेयर सदस्यहरु राजु पौडेल, विष्णु पोखरेल, दिलबहादुर घर्ती, विराज शर्मा, डिबी रायमाझी, सुभद्रा कंडेल लगायतले भनाई राख्नुभएको थियो । सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा भएको साधारण सभामा कर्जा उपसमितिका संयोजक राजिव गौतमले स्वागत गर्नुभएको थियो ।