मगर गुठद्वारा बोनस वितरण

1.3K

मगर गुठद्वारा बोनस वितरण

money

बुटवल, १५ असोज । देविनगर प्रगतिनगर मगर गुठ समिति, बुटवल –१३, रुपन्देहीले आफ्ना सदस्यलाई दशै–तिहार बोनस वितरण गरेको छ ।
समितिले गरेको निर्णयलाई आज बुटवलमा भएको छैठौं साधारण सभाले अनुमोदन गरपछि सदस्यलाई बोनस वितरण गरेको  हो । समितिले प्रति सदस्य ३ हजार ५ सयका दरले १ सय १५ सदस्यलाई ४ लाख २ हजार ५ सय रुपैयां वितरण गरेको छ । समितिले प्रत्यक वर्ष दशै–तिहार बोनस वितरण गर्ने अध्यक्ष कृष्णबहादुर कंवरमगरले जानकारी दिनुभयो ।

साधारण सभाले समितिबाट ऋण लिदा सयकडा १८ प्रतिशत लिदैं आएकोमा कार्तिक १ गतेबाट घटाएर १३ प्रतिशत लिने निर्णय गरेको छ । कुल बजेट १ करोड १ लाख २५ हजार १ सय ५२ रुपैर्या ०१ पैसा रहेकोमा समितिले ७९ लाख ८० हजार श्रmण लगानी गरिएको, १० लाख रुपैयां समिति भवन निर्माणका लागि जग्गा खरिद र झण्डैं २८ लाख रुपैयां बैक मौजुदा राखिएको अध्यक्ष कुंवरले बताउंनु भयो ।

समितिले मगरको भाषा, सस्कृतिलाई जगेना गर्ने लक्ष्य लिएको पनि जनाएको छ । यसअघि समितिको साधारण सभा उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले मगर गुठीलाई सहकारीको ढांचामा लगेर मगरहरुको हितमा काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समितिका सल्लाहकार नैनसिंह राना, समाजसेवी लालबहादुर थापामगर, सल्लाहकार थानबहादुर खाम्चामगर, आदिवासी जनजाति पत्रकार मञ्च,नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, बलबहादुर थापामगर लगायतले बोल्नु भएको थियो ।

 कार्यक्रम समितिका अध्यक्ष कृष्णबहादुर कंवरमगरको अध्यक्षता, सचिव मनोज रानाको सञ्चालन तथा बिरबहादुर गर्वुजामगरको स्वागतमा सम्पन्न भएको थियो । ०६२ सालमा स्थापना भएको गुठीको सदस्य १ सय १५ रहेका छन् ।