मृगौला पीडितलाई जुनियाँ समाजको आर्थिक सहयोग

1.3K

मृगौला पीडितलाई जुनियाँ समाजको आर्थिक सहयोग

moneyहरिश ढकाल/
बुटवल, १६ असोज । गुल्मी जुनियाँ तराई सम्पर्क समाज रुपन्देहीले एक मृगौला पीडित रोगीलाई आर्थिक सहयोग गरेको छ ।

विगत लामो समय देखि उपचारत रहेका गुल्मी जिल्ला जुनियाँ गाबिस ७ निवासी मनबहादुर सार्कीको छोरा धनराज सार्की (राजु) लाई उपचारमा केही सहयोग होस भन्ने हेतुले ४७ हजार ७ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेको समाजले जनाएको छ ।

राजुकोे दुबै मृगौला फेलभै काम नगर्नै अवस्थामा पुगेकोले आर्थिक सहयोग गरिएको हो । मृगौला पीडित राजुको उपचारमा सहयोग पुुगोस भनि समाजको कार्यसमितिले आफ्ना सदस्य र छिमेकीहरुबाट सहयोग संकलन गरि निजलाई उपलब्ध गराएको अध्यक्ष खडकबहादुर शाहीले बताए ।

निज सार्कीले आफ््नो दुबै मृगौलाले काम गर्न छोडेकाले आर्थिक सहयोग पाउँ भनि समाजमा निवेदन दिएको र आर्थिक अभावमा उपचारबाट बन्चित हुनु नपरोस भनि घरदैलो गरि रकम उपलब्ध गराइएको अध्यक्ष शाहीले बताएका थिए ।

सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बिष्णु शाही, बुटवल नगरपालीकाका पुर्व मेयर रुपसिंह थापा, समाजका उपाध्यक्ष कृष्णबहादुर थापा, सचिव बिष्णुप्रसाद थापा, सहसचिव गुरुप्रसाद भुसाल, कोषाध्यक्ष नविन गलामी, सल्लाहकारहरु क्या. यमबहादुर खत्री, तिलक सेन, डा. डिबि खत्री, प्रेम बहादुर खत्री लगाएतले बिरामी धनराज सार्कीको मनोबल बढाउने कार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए ।