अव प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक : उद्योगमन्त्री जोशी

640

अव प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक : उद्योगमन्त्री जोशी

press-union

बुटवल, १७ असोज । उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्योग सञ्चालन सम्बन्धि सूचना प्रवाहकालागि अव प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राख्ने बताउनु भएको छ । उहाँका अनुसार उक्त उद्यमी उत्प्रेरकले सूचना केन्द्रका रुपमा मोर्टीभेटरका काम गर्ने छ । यसले औद्योगिक बिकासमा महत्वपूण काम गर्ने उहाँले विश्वास पनि व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा हालै पारित भएको औद्योगिक व्यबसाय ऐनमा व्यबस्था गरिएको ‘नो वर्क नो पे’ मुलुकको औद्योगिक बिकासमा मजबुद जग बन्ने बताउनु भएको छ । मुलुकको उद्योग व्यवसाय धाराशायी हुँदै गएको अवस्थामा औद्योगिक बिकासका लागि मन्त्रिपरिषदको बैठकले सर्वसम्मत रुपमा औद्योगिक व्यबसाय ऐन लागु गरेको बताउँदै उहाँले यो ऐ औद्योगिक बिकासकालागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले उक्त ऐन भित्र व्यबस्था गरिएको ‘नो वर्क नो पे’, उद्योग धन्दामा बन्द हड्ताल गर्न नपाउने व्यबस्थाले उद्योगी व्यबसायीलाई सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । तर मजदुरका कारण बाहेक अन्य समस्याले उद्योग बन्द भए त्यस्तो समस्या समाधानकालागि उद्योगी, मजदुरका प्रतिनीधि र सरकार बसेर समाधान गर्ने बाटो खुला राखिएको उहाँको भनाई छ ।

उहाँले मजदुरकालागि नयाँ परिभाषा आवश्यक रहेको उल्लेख गर्दै उक्त नयाँ परिभाषालाई स्थापित गर्न खोजिएको उल्लेख गर्नुभयो । मुलुकको आयात प्रतिस्थापनकालागि सबै नेपाली युवा तरुणलाई उद्योगी बनाउने नीति कार्यक्रम मन्त्रालयको रहेको बताउँदै उहाँले लघु तथा ग्रामिण क्षेत्रमा सञ्चालित उद्योग तथा ठूला उद्योगकालागि प्रवद्र्धनात्मक कार्यक्रम सरकारले ल्याएको उहाँले बताउनु भयो ।

युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपालले गर्नुभएको थियो ।