मकै छोडाउन आधुनिक प्रविधि

913

मकै छोडाउन आधुनिक प्रविधि

maize_big_img

पाल्पा, १८ असोज । किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् ।

मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकामा अहिले नयाँ प्रविधिको विकास भएपछि पाल्पाली किसान आधुनिक मेसिनको प्रयोग गरी मकै छोडाउन थालेका हुन् ।

मकैको घोगा एक भागबाट मेसिन राख्ने र अर्को भागबाट डेनडिल घुमाए मकै एकछिनमा छोडाउन सकिने दर्लम गाविसका कृष्ण बस्यालले बताउनुभयो । मकै छोडाउन रात बिताउनुपर्ने बाध्यता हटेको छ भने मेसिनको माग समेत बढेको छ ।

चापपानी गाविस–८, चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रमा मासिक २० देखि २५ मकै छोडाउने मेसिन प्रतिवटा रु ६०० मा बिक्री भइरहेको सञ्चालक खुमबहादुर विश्वकर्मा बताउनुहुन्छ । निर्माण केन्द्रले कृषि औजार निर्माण गर्ने आरन लोप हुन थालेपछि नयाँ नयाँ कृषि औजारको उत्पादन गरी किसानसमक्ष पु¥याउन थालेको बताइएको छ ।