
काठमाडाैं,२१असाेज/प्रधानमन्त्री सुशील कोइरालाले विगतकै सहमतिअनुसार आफू अघि बढ्ने भन्दै एमाले अध्यक्ष केपी ओलीलाई आश्वस्त पारेका छन् ।कांग्रेस केन्द्रीय समिति बैठक बस्नुअघि कोइरालाको धारणा बुझ्न ओली बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ उनले भावी सरकारको विषयमा कुराकानी गरेका थिए । एक मन्त्रीले पार्टीभित्र समस्या रहेकाले प्रधानमन्त्रीले खुलेर कुरा बाहिर नल्याएको दाबी गरे । ‘सुरुमै पोजिसन बताउँदा पार्टीभित्र अरूले खेल्न सक्ने भएकाले सार्वजनिक रूपमा प्रधानमन्त्रीले नबोल्नुभएको हो,’ उनले भने । ओलीसँगको भेटमा अरू कोही उपस्थित थिएनन् ।कोइरालाले सहमतिअनुसारै पार्टीबाट आधिकारिक निर्णय गराउने ओलीलाई बताएको ती मन्त्रीले उल्लेख गरे ।कान्तिपुर दैनिकबाट