नेपाल सांस्कृतिक संघद्वारा शुभकामना आदानप्रदान

1.3K

नेपाल सांस्कृतिक संघद्वारा शुभकामना आदानप्रदान

saskritiksang

बुटवल, १९ असोज । नेपाल सांस्कृतिक संघ रुपन्देहीले आज विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न ४ रुपन्देहीका सभापती हरी लम्सालले नेपाली कांग्रेसले सधै कलाकारलाई सम्मान गरेको र आवश्यक पर्दा जस्तो सुकै सहयोग गर्न पनी तयार रहेको वताउनु भयो । कलाकार भनेका देशका गहना भएकाले पार्टी केन्द्रलेनै कलाकार लाई प्रोत्साहन गर्न आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सभापती खेलराज पाण्डे, लोकदोहोरी प्रतिष्ठानका केन्दीय प्रथम उपाध्यक्ष पशुपती शर्मा, सास्कृतीक संघ रुपन्देहीका सल्लाहाकार खेम हमाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लोकदोहोरी प्रतीष्ठानका केन्द्रीय सदस्य प्रचण्ड जि सी, रीतु थापा लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो । नेपाल सांस्कृतिक संघ रुपन्देहीका अध्यक्ष राधेश्यामराज भण्डारीको अध्यक्षता, संघका उपाध्यक्ष खिमानन्द भट्टराईको स्वागत र सचिव दामोदर वस्यालको सन्चालनमा कार्यक्रम भएको थियो ।