दलित युवाद्धारा शुभकामना आदानप्रदान

1.3K

दलित युवाद्धारा शुभकामना आदानप्रदान

बुटवल, १९ असोज । स्वतन्त्र दलित युवा एकिकृत संघले वडा दशैंको अवसर पारी बुधबार बुटवलमा शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

दलित समुदायका युवाहरुको सहभागितामा संस्था खोलिएको भन्दै दशैंको शुभकामनासँगै नयाँ सदस्यलाई स्वागत कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले दलितहरु संगठीत हुनुपर्ने भन्दै त्यसका लागि युवाहरु जिम्मेवार हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा उत्पीडित मुक्ति समाज रुपन्देहीका अध्यक्ष जुद्ध विश्वकर्मा, दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष रवि विश्वकर्मा, पूर्व उपाध्यक्ष नन्दबहादुर खड्काथोकी, अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, दलित पत्रकार संघ रुपन्देहीका सचिव विनोद परियार, जातीय समता समाजका दिल बहादुर नेपाली, नेपाल परिवार नियोजन संघका विकास रासकोटी, संस्थाका अध्यक्ष सुन्दर दर्जी, उपाध्यक्ष नरेश विश्वकर्मा,सल्लाहाकार सुनिल विश्वकर्मा, रोशनी सुनार लगायतले बोल्नुभएको थियो ।