होटलमा सिसिटिभी क्यामेरा जोड्न सुझाव

753

होटलमा सिसिटिभी क्यामेरा जोड्न सुझाव

cctv-camera

बुटवल, १९ असोज । व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन होटल तथा रेष्टुरेन्टहरुमा सिसिटिभी क्यामेरा जडान गर्न आवश्यक रहेको सरोकारवालाले औल्याएका छन् ।

पछिल्लो समय होटलहरुमा अपराधका योजना हुन थालेको भन्दै प्रहरीले सिसिटिभी क्यामेरा जडान गर्न आग्रह गरेको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर आज बुटवलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सबै होटल व्यवसायीले काउन्टरमा सिसि क्यामेरा जडान गर्ने र ग्राहकको आधिकारिक मोबाइल नम्बर राखेमा धेरै अपराधका घटना अन्त्य हुने बताए ।

मरासिनीले होटलहरुमा व्यवसायीलाई समस्या पर्ने गरी अनुसन्धान नगरेको भन्दै अपराध न्यूनीकरण आफूहरुले अपरेशन गरेको स्पष्ट पारे । पछिल्लो समय बुटवलका विभिन्न होटलहरुमा भाडामा लिएर अपराधीहरुले चोरी गर्ने, अपराधका योजना बनाउने गरेको प्रमाण फेला पर्दै गएको प्रहरीले बताएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पूर्व अध्यक्ष माधव नेपालले व्यवसायीलाई अनावश्यक दुख नदिन प्रहरीस“ग आग्रह गरे । संघका अध्यक्ष समुन्द्र जिसीले आफूहरुले होटल व्यवसायलाई पर्यटन व्यवसायका रुपमा विकास भएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले आफूहरुले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आचारसंहिता, मुल्यसूचि, अनुगमन जस्ता कार्यक्रम संचालन गरिरहेको बताए । उनले होटलहरुमा हुने छापा र मापसे चेकिङलाई समयानुकुल र व्यवहारिक ढंगले गर्न पनि आग्रह गरे कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राम्रप्रसाद गौतम, महासचिव बाबुराम गौतम, पत्रकार टोपराज शर्मा लगायतले बोलेका थिए ।