कांग्रेस क्षेत्र नं ४ रुपन्देहीद्वारा शुभकामना आदान प्रदान

1.3K

कांग्रेस क्षेत्र नं ४ रुपन्देहीद्वारा शुभकामना आदान प्रदान

subhakaman

बुटवल, २० असोज । विजयादशमी दिपावली छठ तथा ईद पर्वको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ४ रुपन्देहीले शुभकामना आदान प्रदान गरेको छ ।

नेपाली काग्रेसका संस्थापक मध्येका नेता पुर्व पार्टी सभापती डील्लीरमण शर्माको प्रमुख आतिथ्यता क्षेत्र न ४ का सभापती हरी लम्सालको अध्यक्षता र उपसभापती परशुराम ढकालको स्वागतमा भएको कार्यक्रमको सन्चालन क्षेत्रीय सचीव जोग बहादुर खत्रीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतीथी शर्माले नेपाली कांग्रेसले अहीले बीपीको वाटो समात्न नसकेको वताउनु भएको छ ।

नेपाली कांग्रेस केहीनेताको अंशवण्डा गर्ने सम्पती नभएको भन्दै काग्रेसलाई सवैको पार्टी हो भन्ने आभाष हुने काम गर्न नेताहरुलाई आग्रह गर्नु भयो । आफुले बीपी संग गरेको संगत देखि अहिले सम्मको गतीविधिलाई गहीरो गरी आफुले निहाल्दा अहिले पाटीमा अनुशासन भन्ने कुरा वांकी नरहेकाले अवको पुस्ताले नेतृत्वलाई सहीवाटोमा हीडाउन दवाव दिने वेला आएको वताउनु भयो ।

कार्यक्रममा पुर्व सभापती रामचन्द्र ढकाल ,महाधिवेशन प्रतिनीधीहरु युवराज गिरी, काजीमान श्रेष्ठ ,जिल्ला सदस्य गोविन्द लम्साल , वुटवल उपमहानगर सभापती खेलराज पाण्डेय, प्रजातन्त्र सेनानी संघका अध्यक्ष सोमनान शर्मा, पुर्व महाधिवेशन प्रतीनीधी उदयराज काफ्ले  नेविसंघका केन्दी्रय उपाध्यक्ष प्रकाश राना  अर्का केन्द्रीय  उपाध्यक्ष पवन यादव, नेविसंघका पूर्व जिल्ला अध्यक्ष विष्णु पोखरेल, नेपाल वार एशोसीएसन का उपाध्यक्ष घनश्याम पन्त ,नेपाल प्रध्यापक संघका केन्द्रय कोषाध्यक्ष डा विष्णु पोखरेल नेपाल चिकित्सक संघका  केन्द्रय सह कोषाध्यक्ष डा प्रकाश वुढाथोकी ,पव्लीक प्रध्यापक संघका केन्द्रय अध्यक्ष गोपाल प्रसाद पाण्डेय, प्रेस युनीयनका सभापतिा विक्रम खड्का, शिक्षक संघका रुपन्देही अध्यक्ष कुल प्रसाद लामीछाने ,नेपाल सांस्कृतीक संघका अध्यक्ष राधेश्यामराज भण्डारी , ,वडा नं ५ का सभापती रामकृष्ण पछाई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो