बैंकहरुले नयाँनोट डम्पिङ् गर्दा सर्वसाधारण मर्काका

694

बैंकहरुले नयाँनोट डम्पिङ् गर्दा सर्वसाधारण मर्काका

naya-note

कबिन्द्र नेपाल/
बुटवल, २० असोज । नेपाल राष्ट्र बैंकले दिएको नयाँ नोट बैंकहरुले डम्पिङ् गर्दा सर्वसाधारण मर्कामा परेका छन् । बैंक तथा बित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले नयाँ नोट दिएपनि बुटवलका बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकले नदिएको बताउँदै सर्वसाधारणलाई नयाँ नोट सटही गर्न आकानाकानी गर्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंक भैरहवाले यहाँका बैंक तथा वित्तिय संस्थाहरुलाई उसको कार्यक्षेत्र तथा शाखाहरुको अवस्थाको आधारमा २५ देखि ९० लाख रुपैंयासम्म नयाँ नोट प्रदान गरेको छ । ती बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना ठूला ग्राहकहरु तथा बैंकका कर्मचारी र आफन्तलाई वितरण गर्न कै लागि सर्वसाधारणलाई नयाँ नोट सटही गर्न आनाकानी गरेका हुन् ।

नेपाल राष्ट्र बैंक भैरहवाका सहायक निर्देशक जीवन पाण्डेका अनुसार यहाँका बैंक तथा वित्तिय संस्थालाई पहिले २० देखि ६७ लाख रुपैंयासम्म प्रदान गरिएको बैंकहरुले नपुग्ने बताएपछि पुनः थप गरेर २५ देखि ९० लाख रुपैंयासम्म पु¥याईएको बताउनु भयो । यद्यपी नेपाल राष्ट्र बैंकले प्रयाप्त रकम नदिँदा नयाँ नोट सटही गर्न समस्या भएको कतिपय बैंकहरुले गुनासो गरेको छन् ।

बैंकका ग्राहक, सर्वसाधारण तथा बैंकका कर्मचारीलाई समेत नयाँ नोट सटही गर्नुपर्ने भएकाले राष्ट्र बैंकले दिएको रकम अत्यन्तै न्यून रहेको बैंक संम्वद्ध कर्मचारीहरु बताउँछन् । राष्ट्र बैंक भएको जिल्लामा आफैले बाँडेको र राष्ट्र बैंक नभएको जिल्लामा मात्रै अन्य बैंकहरुलाई खुद्रा पैसा दिएकाले रुपन्देहीका बैंक तथा सर्वसाधारणलाई समस्या भएको राष्ट्रिय बाणिज्य बैंकका एक कर्मचारीले बताए । तर राष्ट्र बैंकले भने त्यसो नगरिएको र उक्त कुरा गलत भएको बताएको छ ।

नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्नेको नाम र दिएको रकमको लिष्ट राख्न भनेको छ । तर बैंक तथा वित्तिय संस्थाहरुले त्यसो गरेको पाईदैन ।
पैसा डम्प गर्ने काम गलत भएको भएपनि त्यस्ता बैंक तथा वित्तिय संस्थाहरुलाई कारवाही गर्ने मेकानिजममा जान नसकिएको नेपाल राष्ट्र बैंक भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल बताउनुहुन्छ ।

नेपाल राष्ट्र बैंकमा अहिले कामको चापाचाप भएकाले अनुगमन गर्न नसकिएको बताउँदै यसले आगामी वर्ष बैंक तथा वित्तिय संस्थालाई नयाँ नोट सटही गर्न दिनेकी नदिने भन्ने प्रश्न उव्जाएको उहाँले बताउनु भयो । नेपाल राष्ट्र बैंकमा अरु नोट प्रयाप्त भएपनि २० को नोट भने प्रयाप्त छैन । पुरानो स्टक नभएको र छपाईकालागि दिएको अर्डर नआएकाले २० रुपैंयाको नोट कमी भएको सहायक निर्देशक पाण्डे बताउनु हुन्छ ।

५० रुपैंयाको नोट केही समय अँगाडी आएको समस्या नभएको र २० को नोट दशैं लगत्तै आउने भएकाले अनावश्यक रुपमा स्टक नगर्न उहाँले सबैमा आग्रह पनि गर्नुभएको छ । नेपाल राष्ट्र बैंक भैरहवाले लाईनमा बसेर सटही गर्ने सर्वसाधारणकालागि ३० हजार रुपैंया सम्मको सटही गरेको छ ।