कोरिया भाषा परीक्षामा ८ हजार बढी उत्तीर्ण

781

कोरिया भाषा परीक्षामा ८ हजार बढी उत्तीर्ण

logo

काठमाडौं २१ असोज । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।

सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका हुन् ।

पास हुनेमा ७ हजार ७ सय ८९ पुरुष र १ सय १ महिला छन् । इपीएस भाषा परीक्षा असोज २ र ३ गते सञ्चालन भएको थियो ।

मंसिरको पहिलो हप्तापछि पास भएकाहरुको स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुने निर्देशक बास्तोलाले बताए । प्रक्रिया पूरा गरेर उनीहरु सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि जान सुरु गर्नेछन् ।

इपीएसको नतिजा www.epsnepal.gov.np, www.dofe.gov.np  र  www.hrd.or.kr  मा हेर्न सकिने इपीएस कोरिया शाखाले जनाएको छ ।