पोखराबाट उडेको अल्ट्रालाइट विमान सम्पर्कविहीन

1.3K

पोखराबाट उडेको अल्ट्रालाइट विमान सम्पर्कविहीन

altra

पोखरा, असोज २१/ पोखरा विमानस्थलबाट बिहीबार बिहान उडान भरेको एउटा अल्ट्रालाइट विमान सम्पर्क विहीन भएको छ। पोखरा विमानस्थलबाट १०ः३५ मा उडान भरेको अल्ट्रालाइट केहि समय पछि बेपत्ता भएको हो । अल्ट्रालाइटमा रसियन पाइलट भ्यालेरी र विदेशी पर्यटक दक्षिण अफ्रिकाका एलिजा बेथ बेल रहेका थिए। जहाजको खोजिका लागि एउटा हेलिकोप्टर र अल्ट्रालाइट विमान परिचालन गरिएको पोखरा विमानस्थलका प्रमुख दिपक बरालले जानकारी दिए ।