बुटवलमा मगर मोर्चाको भेला हुने

274

बुटवलमा मगर मोर्चाको भेला हुने

बुटवल, ३ कात्तिक । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा,नेपालको दोस्रो राष्ट्रिय भेला मंसिर ११ र १२ गते बुटवलमा हुंने भएको छ ।

मोर्चाको पाल्पा तानसेनमा सम्पन्न भएको बृहत मोर्चाको भेलाले बुटवलमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेलाले राष्ट्रिय भेला सम्पन्न गर्न मोर्चाका संयोजक भीम श्रीसमगरको संयोजकत्वमा भेला मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको संयोजक श्रीसले जानकारी दिनुभयो ।

राष्ट्रिय भेलाको अवसरमा मोर्चाले आर्थिक अभियान, जिल्ला अधिवेशन, सम्मेलन, भेला, बैठक, प्रतिनीधि–प्रर्यवेक्षक चयन, जनभेटघाट, पर्चा वितरण लगायतका गतिविधिलाई अगाडि बढाउंने निर्णय गरिएको श्रीसले बताउंनुभयो ।

मोर्चाका संयोजक श्रीसको अध्यक्षतामा भएको भेलामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राई,पार्टीका केन्दीय सदस्य निलबहादुर पुन लगायतले बोल्नु भएको थियो ।