संसद बैठक आइतबारसम्मका लागि स्थगित

1.3K

संसद बैठक आइतबारसम्मका लागि स्थगित

samsad

काठमाडौं, ४ कात्तिक ।  व्यवस्थापिका बैठक आइतवार सम्मको लागि स्थगित भएको छ । संसद बैठक दलहरूबीच आन्तरिक छलफलका लागि भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावमा बिहीबार छलफल हुने भनिएको थियो। दुईपटक हुने भनिएको बैठक सभामुख ओनसरी घर्तीले आइतबार ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिनुभयो ।

यो बैठक स्थगनसँगै सभाभुख घर्तीले शुक्रबार जेनेभा जाने कार्यक्रम पनि रद्द गर्नु भएको छ ।