अर्बेन्द्र गिरी/
देवदह, ६ कात्तिक । नेपाली कांग्रेस देवदह नगरपालिका वडा न. १० को वडा भेला देवदहमा सम्पन्न भएको छ ।
कार्यक्रममा क्षेत्रीय सभापति हिरा बहादुर के सी ले पार्टीको हरेक कार्यक्रम तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुहुने सबैलाई समेट्नुको साथै परिवार प्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गर्नुभयो ।
वडा सभापति कपिल गौतमले नेपालको हरेक राजनीतिक परिबर्तन तथा आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने नेपाली कांग्रेस पार्टीमा रहेर पार्टीको आदर्श र सिद्धान्त प्रति निरन्तर कटिबद्ध रही लोकतान्तिक आन्दोलन, सामाजिक रुपान्तणको अभियानमा महत्वपूर्ण योगदान दिनुहुने जेस्ठ नागरिकको सम्मान कार्यक्रम हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै भेलामा नयाँ आगन्तु सदस्यहरुका लागि पार्टी ले सधै ढोका खोल्नु पर्ने जस्ता प्रस्तावहरु आइरहदा आपनो क्षेत्र तथा गाउको बिकासका लागि पनि पार्टीले नेतृत्व लिन नसकेको भन्दै केही सहभागीहरुले नेतृत्व प्रति आलोचना समेत ब्यक्त गरेका थिए ।