प्रेस सेन्टरद्धारा दुःख व्यक्त

1.3K

प्रेस सेन्टरद्धारा दुःख व्यक्त

बुटवल, ६ कात्तिक । प्रेस सेन्टर नेपाल रुपन्देहीले शनिबार एक शोक विज्ञप्ति प्रकाशित गरी आफ्ना दुई सदस्यका आमाको निधनप्रति दुःख ब्यक्त गरेको छ ।
संगठनका केन्द्रीय सदस्य बिन्दुकुमार चौहान तथा रुपन्देही सदस्य कपिल अधिकारीकी माताको असामयिक निधन भएको भन्दै प्रेस सेन्टरले हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका—१७ मुग्लाहा निवासी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य चौहानकी ६४ वर्षीया माता कांग्रेसनी चौहानको गत असोज २५ गते तथा प्रेस सेन्टर नेपाल रुपन्देहीका कार्यसमिति सदस्य अधिकारीकी माता कृष्णगण्डकी— ७ स्याङ्जा निवासी ५८ वर्षीया लक्ष्मी अधिकारीको कात्तिक ३ गते भएको असामयिक निधन भएको भन्दै विज्ञप्तिमा दुःख ब्यक्त गरिएको छ ।

प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष भुवन कार्कीले प्रकाशित गरेको शोक विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति समेवदना तथा दिवंगत आत्माको चीर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिएको छ । प्रेस सेन्टरको टोलीले शुक्रबार चौहान परिवारसंग भेटघाट गरेको छ । टोलीमा संगठनका केन्द्रीय सदस्य तिलक महत, पूर्व केन्द्रीय सदस्य यानेन्द्र जीसी, जिल्ला अध्यक्ष भुवन कार्की रहेका थिए ।

यो साताभित्र अधिकारीको घर स्याङ्जा पनि टोली पुग्ने बताइएको छ ।