पत्रकार चापागाईलाई पितृशोक

1.3K

पत्रकार चापागाईलाई पितृशोक

chapagain-father-2

बुटवल, ८ कात्तिक । पत्रकार मोहन चापागाईलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, पुर्व केन्द्रीय सदस्य एवं सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मोहन चापागाईका पिता शंकरनगर निवासी काशिराम चापागाईको हिजो ७८ वर्षको उमेरमा निधन भएको हो ।

उहा केही समय यता मुटु सम्बन्धी समस्या रहेको थियो । यसैबीच नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुंवरले शोक विज्ञ्प्ती जारी गरी पुर्व अध्यक्ष मोहन चापागाईका पिताको निधन भएको शोकको यस दुखद् घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गरिएको छ ।

त्यस्तै प्रेस सेन्टर नेपाल रुपन्देहीका भुवन कार्की द्वारा जारी शोक विज्ञ्प्तीमा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का अध्यक्ष मोहन चापागाईका बुवा काशिराम चापागाईको ७८ वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गरिएको छ ।