राती देउसी, भैलो खेले कारवाही

1.3K

राती देउसी, भैलो खेले कारवाही

suchanaबुटवल, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले देउसी, भैलो तथा सांस्कृतिक कार्यक्रम राती १० बजे सम्म गर्न रुपन्देहीवासीलाई आग्रह गरेको छ ।

प्रशासन कार्यालयले सूचना जारी गरी राती १० बजे पछि देउसी, भैलो तथा सांस्कृति कार्यक्रम गर्दा शान्ति सुरक्षामा असर गर्ने भन्दै त्यस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ ।त्यस्तै भुइचम्पा, पटका र आतिसवाजी नगर्न सबैमा आग्रह गरेको छ ।

सूचनामा पटका लगायतका विस्फोटक पदार्थले मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने, चोटपटक, आगलागी र जनधनको क्षति हुने हुदा उत्पादन, आयात, बिक्री, वितरण, ओसार पसार र प्रयोग नगर्न आग्रह गरिएको छ । प्रशासनले अभिभावकलाई आफ्ना बाल बच्चालाई पटका, भुइचम्पा प्रयोग गर्न नदिन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालद्वारा जारी सूचनामा राती १० बजे पछि भैलो, देउसी, सांस्कृतिक कार्यक्रम गर्ने तथा पटका आतिसवाजी गर्ने गराउनेलाई कारवाही गर्ने जनाइएको छ ।