महाअभियोग पारित गर्न नागरिक समाजको दवाव

1.3K

महाअभियोग पारित गर्न नागरिक समाजको दवाव

lokmanहरिश ढकाल/
बुटवल, ९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव तत्काल पारित गर्न नागरिक समाजका प्रतिनिधिहरुले दवाब दिन थालेका छन ।

अख्तियार प्रमुख कार्की बिरुद्ध महाअभियोगको प्रस्ताव तत्काल पारित गरी जनआन्दोलन २०६२÷०६३ को मर्म र भावनाको सम्मान गर्न रुपन्देहीमा कृयाशिल नागरिक समाजका प्रतिनिधिहरुले आग्रह गरेका छन । मानव अधिकार तथा शान्ति समाजद्वारा आज बुटवलमा आयोजित नागरिक समाजको अन्तरक्रियात्मक बैठक तथा भेलापछि संयुक्त अपिल जारी गर्दै बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संवैधानिक अख्तियार प्रमुख कार्कीले संबैधानिक सिमालाई अतिक्रमण गर्दै आफुलाई गैरसंवैधानिक शतिm केन्द्रको रुपमा स्थापित हुने कोशिस गरेको उल्लेख गरेका छन ।

बिगतदेखि बर्तमानसम्म न्यायालय एव विश्वबिद्यालय लगायत लोकतान्त्रिक संस्थाहरुको मानमर्दन गर्ने कार्य समेत अख्तियार प्रमुख कार्कीबाट भएको भन्दै नागरिक समाजका प्रतिनिधीहरुले ब्यबस्थापिका संसदका सम्पुर्ण सदस्यहरु एव राजनीतिक दलका शिर्ष नेताहरुलाई संसदमा बिचाराधिन महाभियोग प्रस्तावलाई अत्यधिक बहुमतले पारित गर्न हार्दिक अपिल गर्दछौ—संयुक्त रुपमा जारी गरिएको अपिलमा भनिएको छ ।

मुलुकमा ब्याप्त भ्रष्टाचार र अनियमितता अन्त्यका लागि संबिधानबाट गठित आयोग नै भ्रष्टाचार एव अनियमितताको अखडा बन्न पुगेको उनीहरुले अपिलमा बताएका छन । रायमाझी आयोगले दोषी ठह¥याएका ब्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएर तत्कालिन अबस्थामा राजनैतिक दलहरुले गरेको गल्ती अहिले सच्चाउने उपयुक्त अबसर महाअभियोगको प्रस्ताब पारिर गर्नु हो—उनीहरुले भनेका छन ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देही, जवाफदेहिता निगरानी समिति रुपन्देही, इन्सेक रुपन्देही, इन्द्रेणी ग्रामीण बिकास केन्द्र रुपन्देही, नेपाल प्रजातान्त्रिक बिचार समाज रुपन्देही, नेपाल प्रजातान्त्रीक प्राध्यापक संघ रुपन्देही, सुरक्षित यात्रा नेपाल केन्द्रिय समिति, नेपाल प्रेस युनियन रुपन्देही, क्रान्तिकारी पत्रकार संगठन रुपन्देही, कदम नेपाल, प्रेस चौतारी नेपाल रुपन्देही, रुपन्देही व्यापार संघ, नेपाल घरवहाल सरोकार महासंघ लगाएतका २ दर्जन भन्दा बढि संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले अपिलमा संयुक्त हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरकर्ताहरुले जुनसुकै हालतमा पनि लोकमानसिंह कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरि मुलुकलाई राजनैतिक निकासका लागि सकारात्मक सन्देश दिन पनि आग्रह गरेका छन । मुलुकमा बिधिको शासन स्थापित गर्न यो कदम सबैका लागि प्रेरणाादायि हुने उल्लेख गर्दै उनिहरुले बिगतमा भएको गल्ति कमजोरी सच्चाउने अवसरका रुपमा लिन दलका नेताहरुलाई आग्रह गरेका छन ।

यसरी हस्ताक्षर गर्नेहरुमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव गोबिन्द खनाल, मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति हरिश ढकाल, जवाफदेहिता निगरानी समिति रुपन्देहीका भवानी प्रसाद पाण्डे, इन्सेक रुपन्देहीका प्रतिनिधी रिमा बिसी, इन्द्रेणी ग्रामीण बिकास केन्द्र रुपन्देही, नेपाल प्रजातान्त्रिक बिचार समाज रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेपाल प्रजातान्त्रीक प्राध्यापक संघ रुपन्देहीका अध्यक्ष मदन कट्टेल, सुरक्षित यात्रा नेपाल केन्द्रिय समितिका अध्यक्ष कृष्णप्रसाद बेलबासे, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीका प्रकाश डुम्रे, कदम नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, रुपन्देही व्यापार संघका अध्यक्ष मोती पाण्डे, नेपाल घरवहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईराला, सामाजिक कार्यकर्ता माया गौतम, मानव अधिकार तथा शान्ति समाजका उपसभापति डिपि खनाल, सचिव तेजेन्द्र केसी, नेपाल घरबहाल महासंघका केन्द्रिय सदस्य तथा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका कोषाध्यक्ष हरि रेग्मी, मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका सभापति बिष्णु भुसाल लगाएत रहेका छन ।