तेइस वर्षपछि प्रहरी फन्दामा

207

तेइस वर्षपछि प्रहरी फन्दामा

परासी, १० कात्तिक । करिब २३ वर्षअघिदेखि फरार दुई दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।

विसं २०५० मा जबर्जस्ती करणी अभियोग लागेका अभियुक्त नवलपरासी कावासोती–३ बस्ने ४५ वर्षीय प्रेम भण्डारी र जनार्दन भण्डारीलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । दोषीलाई जिल्ला अदालतले यस अगावै पाँच वर्ष कैद सजायको फैसला गरेको थियो ।

ती लुकीछिपी बस्दै आएकामा प्रहरीले सुराकीका आधारमा पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।