अवैध मदिरा नियन्त्रण गर्न समिति बनाउन माग

331

अवैध मदिरा नियन्त्रण गर्न समिति बनाउन माग

madira

बुटवल, १० कात्तिक । रुपन्देहीका मदिरा व्यबसायीले आन्तरिक राजश्व कार्यालय मातहत अवैध मदिरा नियन्त्रण समिति बनाउन माग गरेका छन् । जिल्लामा अवैध मदिरा व्याप्त भएकाले त्यसलाई नियन्त्रणकालागि उक्त समिति बनाउन माग गरेका हुन् ।

नजिकिँदै गरेको दिपावलीको शुभकामना आदान प्रदानकालागि बुधबार संघका कार्यालय बुटवलमा आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलमा हालै आउनु भएका प्रमुख कर अधिकृत दुर्गा भण्डारीलाई स्वागत गर्दै संघका अध्यक्ष सुलोचन ढकालले अवैध मदिरा नियन्त्रण तथा बैध रुपमा सञ्चालन भएका मदिरा व्यबसायको प्रवद्र्धनकालागि उक्त समिति आवश्यक रहेको बताउनु भयो ।

त्यस्तैगरी उहाँले अन्तशुल्क ईजाजत पत्र नलिईकनै व्यवसाय गरेका व्यबसायीलाई अन्तशुल्क ईजाजत पत्र लिन र दिलाउनकालागि कार्यालय प्रमुखलाई आग्रह गर्नुभएको थियो ।

उक्त र्काक्रममा बोल्दै प्रमुख कर अधिकृत भण्डारीले व्यबसायीले उठाएका समस्या आफु मातहत हुने समस्या समाधान गर्ने र आफू मातहत नहुने समस्या सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी मंसिर १ देखि ७ गतेसम्म हुने कर सप्ताहमा सहभागि हुन समेत मदिरा व्यबसायीलाई आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा संघका सल्लाहकार दिनेश श्रेष्ठ, प्रथम उपाध्यक्ष मृगेन्द्रगोविन्द श्रेष्ठ, महासचिव भिष्मराज अर्याल लगायतले व्यबसायिक समस्या राख्नुभएको थियो ।