कोटीहवामा तरुणको विचार गोष्ठी

1.3K

कोटीहवामा तरुणको विचार गोष्ठी

tarun dal

कोटीहवा, १० कात्तिक । नेपाल तरुण दल क्षेत्र नम्बर २ रुपन्देहीले संक्रमणकालीन परिस्थितिमा तरुणहरुको भूमिका विषयका विचार गोष्ठी आज कोटीहवामा सम्पन्न गरेको छ ।

तरुण दल क्षेत्रनम्बर २ का सभापति प्रकाश गैरेको सभापतित्व तथा नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालको आतिथ्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा पार्टीका महासमिति सदस्य अष्टभूजा पाठक, पार्टीका बुटवलका सभापति खेलराज पाण्डे, तरुण दल रुपन्देहीका पूर्व सभापति चिरञ्जिवी पौडेल त्यस्तै नेताहरुः  थानेश्वर घिमिरे, डोलराज भुसाल, पोष्टराज चापागाईँ, सुशिल गुरुङ्, ओम श्रेष्ठ, लेखनाथ भट्टराई, विष्णु थापा, समय न्यौपाने लगायतले बोल्नुभएको थियो ।

सुधा कुँवरको सञ्चालन तथा ओमप्रकाश यादवको स्वागतमा भएको कार्यक्रमका वक्ताहरुले नेपालको प्रजातन्त्र तथा भविष्य तरुणहरुकै जिम्मेवारीमा रहेको भन्दै अझ जिम्मेवार बन्न आग्रह गरेका थिए ।