बुटवल, २१ कात्तिक । पिपलधारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति बुटवल १३ कालिकानगर मझुवाको पाचौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा जिल्ला खानेपनी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख शंकरमणी ज्ञवालीले राज्यले गर्नुपर्ने काम स्वयम् उपभोक्ताले गरेकोमा प्रशंसा गर्दै थप बिकासकालागि डिभिजन कार्यालयले सहयोग गर्ने बताउनु भयो ।
समितिका अध्यक्ष तेजबहादुर गौतमको अध्यक्षता र सचिव मेघराज आचार्यको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका अध्यक्ष ध्रुवकुमार धिताल, टोल समिति मझुवाका अध्यक्ष बिरबहादुर जिसी, समितिका सल्लाहकार रामराज पोखरेल, एमाले क्षेत्र नं. ४ रुपन्देहीका सचिव राजेन्द्र ढकाल, सल्लाहकार तुलसी भुसाल, भुवनसिंह बिक, नुमाक्षा शर्मा लगायतले भनाई राखेका थिए । सोही अवसरमा समितिका कोषाध्यक्ष भोजराज शर्माले आर्थिक प्रतिवेदन प्रेस गर्नुभएको थियो ।
शनिबार नै सम्पन्न अधिवेशनबाट पुनः तेजबहादुर गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिका संयोजक रामराज पोख्रेलले जानकारी दिनुभयो ।
नव निर्वाचित उपाध्यक्ष नुवादत्त शर्मा, सचिव मेघराज आचार्य, महिला प्रतिनीधिमा सुमित्रा अर्याल र क्षेत्रगत सदस्यहरुमा बाबुराम अर्याल, यमप्रसाद खनाल, अमृत भुसाल, मोति पाण्डे मगर, टेकराज घिमिरे र शिव गौतम रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा पुरुषोत्तम अर्याल र सदस्यहरुमा गीता अधिकारी र डिलाराम चापागाईलाई चयन गरिएको छ । त्यसैगरी बिरबहादुर जिसीको संयोजकत्वमा गठित अनुगमन समितिको सदस्यहरुमा कौषल खनाल र रामु शर्मालाई चयन गरिएको छ ।